वागमतीमा गठबन्धनका लोप्चन विजयी

वागमतीमा गठबन्धनका लोप्चन विजयी

केन्द्रबिन्दु
0
Shares

दक्षिण ललितपुरको वागमती गाउँ पालिकामा गठबन्धनका उम्मेदवार वीर बहादुर लोप्चन विजयी भएका छन् ।

निर्वाचन अधिकृत नागेन्द्र केशोर पोखरेलका अनुसार नेपाली कांग्रेसका नेतासमेत रहेका लोप्चनले ४ हजार ९ सय ९ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नवराज सञ्जेलले२ हजार ४३ मत ल्याए । 

उपाध्यक्षतर्फ गठबन्धनकै नेता भक्तबहादुर दर्लामी मगर ‘निसान’ विजयी भए । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । मगरले  ४ हजार ६ सय ९२ ल्याउदा  उनका निकटतम  प्रतिश्पर्धी नमूना दोङले ३ हजार ७ सय मत ल्याइन् । वागतीमा राप्रपाबाट अध्यक्षमा उम्मेदवारी दिएका सानु महर्जनले १९ मत ल्याए  भने उपाध्यक्षका उम्मेदवार अम्बिका न्योपाने घिमिरेले ३७ मत ल्याइन् ।

Logo