जिल्ला समन्वय समिति कालिकोटको प्रमुखमा शाही निर्वाचित

जिल्ला समन्वय समिति कालिकोटको प्रमुखमा शाही निर्वाचित


जिल्ला समन्वय समिति कालीकोटका प्रमुखमा धनजित शाही विजयी भएका छन्। 

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका शाही आज भएको निर्वाचनमा विजयी हुनु भएका हुन्। उपप्रमुखमा माओवादी केन्द्रकै मिना रावत (विश्वकर्मा) विजयी भएकी छन्। 

जिल्ला समन्वय समितिको निर्वाचनका लागि कालीकोटमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए। जिल्ला समन्वय समितिमा १८ मत रहेको कालीकोटमा गठबन्धनका उम्मेदवारहरूले १५ मत पाएको र एमालेका उम्मेदवारहरूले २ मत पाएको १ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

त्यस्तै, सदस्यमा माओवादी केन्द्रका ४ जना, नेपाली कांग्रेसका २ जना र १ जना एकीकृत समाजवादीका विजयी भएका छन्।  

Logo