नेकपाको प्रचण्ड–माधव समूहले भाेलि काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने

नेकपाको प्रचण्ड–माधव समूहले भाेलि काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल –माधव नेपाल समूहले भोलि राजधानीमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार दाहाल नेपाल समुहले पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ । संघर्ष समितिले पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय गरेको छ ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल लगायत नेतृत्व गर्ने भएका छन् । पुल्चोकबाट निस्किएको जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा पुगेर मुल जुलुसमा मिसिनेछ ।त्रिपुरेश्वरबाट निस्कने जुलुको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपानेले नेतृत्व गर्नेछन् भने यो जुसल सुन्धरा पुगेर मुल जुलसमा मिसिनेछ । माइतीघर मण्डलाबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव, हरिबोल गजुरेलले नेतृत्व गर्नेछन् ।

यो जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ । केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले नेतृत्व गर्नेछन् । यो जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ । जमलबाट निस्कने जुलुसको नेतृत्व भने लिलामणि पोखरेल लगायतले गर्नेछन् । यो जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्धशालीक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । यसपछि सुन्धाराबाट निस्कने मूल जुलुसले सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक पद्योदय मोड हुँदै प्रदर्शनमार्गमा सभा हुने भएको छ । यो समूहले माघ २८ मा हुने जनप्रदर्शनलाई निर्णायक हुने दाबी गरेको छ ।नेपाल समाचारपत्रबाट

Logo