लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध गरिएको अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते संसदको विशेष अधिवेशन बोलाइएको छ।
वैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादीले मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशनको मागसमेत गरिएको थियो। सोही बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ गते प्रदेश सभा बैठक आह्वान गरेका हुन्।
लुम्बिनी प्रदेशमा ‘फ्लोर क्रस’ नभए मुख्यमन्त्री पोखरेल बहुमतमा छन्। आविश्वास प्रस्ताव पेश भएपछि जसपाका ४ जना सांसद मन्त्री बनेर सरकारमा सहभागी भएपछि उनी बहुमतकाे अवस्थामा पुगेका हुन्।
लुम्बिनीमा एमालेका ४१ सांसद छन्। बहुमतका लागि ४३ सांसद आवश्यक हुन्छ। जसपाका चार सांसद मुख्यमन्त्रीतर्फ आएपछि अविश्वासको प्रस्ताव पारित हुने सम्भावना कम रहेको छ। यद्यपि एमाले भित्रको आन्तरिक विवादले के हुन्छ भन्ने एकिन छैन।
लुम्बिनीमा एमालेको माधव नेपाल पक्षधर दुई सांसद खुलेरै देखिएका छन्। उनीहरुले फ्लोर क्रस गरेपनि मुख्यमन्त्री बहुमतमा हुनेछन्। अन्य सांसदले पनि धोका दिए मुख्यमन्त्रीलाई बढी हुने जोखिमसमेत देखिएको छ।अन्नपूर्णबाट





























प्रतिक्रिया