माधव नेपालको जित

माधव नेपालको जित

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गरेको उनी पक्षीय सदस्यहरुको दावी छ ।

त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै अनुमोदन गरेकै छ ।

तर, त्यसअघि हस्ताक्षर फिर्ताको भ्रम फिँजाइएपछि माधवले फेसबुकबाटै त्यसको प्रतिवाद गरे । उनको शर्त थियो ०७५ जेठ २ मा पुग्ने । १० बुँदेले त्यहाँ पु–यायो । हस्ताक्षर फिर्ता नलिने कुरा थियो, लिएनन् ।

जेठ २ को बैठक बस्ने भनेका थिए र त्यो बैठकले पूर्व माओवादीलाई ल्याउने कुरा थियो । १० बुँदेभित्र केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य थप गर्ने मात्र भाषा छ । तर, छलफलमा आएको कुरा हो, ती १० प्रतिशतमा धेरैजसो माधव पक्षीय हुने । जनआस्था साप्ताहिकमा समाचार छ । 

Logo