बैतडीमा अस्पताल निर्माण विवादमा ३५ घाइते

बैतडीमा अस्पताल निर्माण विवादमा ३५ घाइते

केन्द्रबिन्दु
0
Shares

बैतडीको मेलौलीमा अस्पताल निर्माण गर्ने विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर १ मा अस्पताल बनाउने निर्णय भएको थियो। तर वडा नम्वर ७ का स्थानीयले आफ्नो ठाउँमा अस्पताल बनाउनुपर्ने माग राखेका छन्। सोही विषयमा विवाद हुँदा दुई वडाका स्थानीयहरूबीच झडप भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक योगेश खत्रीले झडपमा ३५ जना स्थानीय घाइते भएको बताए। ‘घाइतेलाई प्रहरीले लिएर सुरक्षा दिएको छ, अहिले अवस्था सामान्य छ,’ खत्रीले भने।

Logo