भुटानी शरणार्थी विरुद्ध आज पनि प्रदर्शन गरिँदै

भुटानी शरणार्थी विरुद्ध आज पनि प्रदर्शन गरिँदै


नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आज पनि देशभर प्रदर्शन हुने भएको छ।

सत्तारुढ गठबन्धनमा रहेका दलदेखि प्रतिपक्षी दलसम्मले सडक र सदनमार्फत यस प्रकरणमा खुट्टा नकमाउन सरकारलाई दबाब दिँदै आएका छन् । त्यति मात्र होइन बृहत् नागरिक आन्दोलन तथा विभिन्न संघ-संस्थाले भ्रष्टाचार विरुद्ध हाल विभिन्न अभियान चलाइरहेका छन्।

आज शनिबार पनि संघीय राजधानी काठमाडौँको नक्सालमा प्रदर्शनको तयारी गरिएको छ। देशका अन्य सहरमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शनहरू भइरहेका छन्।

 

Logo