ललितपुर महानगरलाई प्रदूषणमुक्त बनाउने अभियानः विद्युतीय बस सञ्चालन

ललितपुर महानगरलाई प्रदूषणमुक्त बनाउने अभियानः विद्युतीय बस सञ्चालन

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाद्वारा सञ्चालित विद्युतीय बसको संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किराँती र महानगरका प्रमुख चिरिबाबु महर्जनले संयुक्तरुपमा उद्घाटन गरेका छन् । 

ललितपुर महानगरपालिकालाई प्रदूषण मुक्त बनाउने अभियानका साथ सञ्चालनमा ल्याइएको विद्युतीय बसको मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै मन्त्री किराँतीले यो कुनै ठूलो काम नभएपनि यस्ले महत्वपूर्ण सन्देश दिने बताए । 

उनले भने, ‘यो ठूलो काम होइन, एकदमै सानो काम हो । तर पनि हामीले ठूलो मिहिनेत गर्नु पर्यो । यो अचम्मको कुरा छ । हामीले यसलाई सञ्चालन गर्ने भनेर धेरै अगाडि देखि लागेका थियौं । अन्तिम घडीमा पुगेर पनि हामीले भाडा समायोजन अझै गर्न सकेका थिएनौं । हाम्रो आवश्यकता र चेतावनी चाहीँ अगाडि गएछ । हाम्रो ऐन कानुन चाहीँ धेरै पछाडि रहेछ । धेरै पापड बेल्नु पर्यो हामीले यति काम गर्नको निम्ति तर अझै पनि भाडा निर्धारण गर्न सकेको छैनौँ ।’ 

साथै ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले यो कदमले ललितपुर महानगरपालिकालाई प्रदूषण मुक्त बनाउन सहयोग पुग्ने बताए । उनले अब उप्रान्त कुनै पनि गाडी किन्दा त्यो इलेक्ट्रोनिक भेहिकल नै हुने र साथै आफ्नो गाडी पनि इलेक्ट्रोनिक नै भएको बताए । 
 

Logo