यस्ताे छ शरणार्थी प्रकरण पक्राउ परेका केसीको बयान [पूर्णपाठ]

यस्ताे छ शरणार्थी प्रकरण पक्राउ परेका केसीको बयान [पूर्णपाठ]

केन्द्रबिन्दु
0
Shares

यस्ताे छ शरणार्थी प्रकरण पक्राउ परेका रामशरण केसीको बयान-

मिति २०७८ असार ८ गते मन्त्री परिषदको बैठकबाट भुटानी शरणार्थी सम्बन्धी केही हामीलाई काम लाग्ने निर्णयहरू हुन लागेको छ । उक्त निर्णय गराउन बेचन झा ले केही रकमहरू मागेका छन उनीलाई चेक काटी दिनु भनी प्रतिवादी सानु भण्डारीले भने पछि मेरो नाममा हिमालयन बैंकमा रहेको खाताबाट बेचन झाको नाममा रु.२,००,००,०००।– (दुई करोड) को चेक काटी मेरो दस्तखत समेत गरी उक्त चेक बेचन झालाई काठमाडौंस्थित बानेश्वर हवाईट हाउस अगाडी बाटोमा मिति २०७८ मंसिर ८ गते राती २०ः०० बजे तिर भेटी दिएको हुँ । 
उक्त चेकको फोटो समेत खिची मेरो साथी प्रेमराज पन्थीलाई पठाएको तथा म पक्राउ पर्नु भन्दा अगाडी मेरो साथी पबिता राईलाई सो घटना सम्बन्धमा प्राप्त भएको कागजातहरू सुरक्षीत साथ राख्न दिएकोमा निजले अनुसन्धानको क्रममा पेश गरेको हुदा सो चेकको विवरण खुल्न आएको हो । बेचन झालाई चेक दिँदा मेरो मोबाईलमा उक्त चेक दिईएको भिडियो समेत खिचेकोले उक्त भिडियो आवश्यक परेमा पछि पेश गर्न सक्छु । 
सानु भण्डारीले भुटानी शरणार्थीमा अमेरीका पठाउने कार्यको लागी मन्त्री परिषदबाटै बेचन झाले केही निर्णयहरू गराउँछन् । उक्त निर्णयहरुको आधारमा अमेरीका तथा तेस्रो मुलुकमा सुकुमबासी पठाउन सजिलो हुन्छ भनेर सानु भनेको उक्त रकम मैले चेक मार्फत दिएको हुँ । २०७८ मंसिर १३ गतेको मन्त्रीपरिषदको निर्णयको (क) र (ख) बुदराम्रो लागी काम लाग्ने बुँदा हो भनी सानु भण्डारीले नै गराएको थियो । 
म समेत भुटानी शरणमर्थीमा अमेरीका जाने भनि निज सानु भण्डारी संग कुराकानी हुँदा भूटानी शरणार्थीमा अमेरीका जान लाग्ने खर्च माग गरेको हुँदा सानु भण्डारीको नाममा लललितपुरमा मेरो आमाको नाममा रहेको काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ६ मा रहेको मैया केसीको नाममा रहेको इन्द्रजित राइको छोरा निरज राईले वकील ल्याई थापाथली स्थित ब्ल्यूवर्ड होटलमा बसि निरज राईले बैंकको कागज सानु भण्डारी र म राम रण केसी समेतको नामबाट बैना कागज गराई सानु भण्डारीले आफ्नो नाममा हिमालयमा रहेको खाताको चेकबाट ३,००,००,००० (तीन करोड) निरज राईको नाममा काटी चेक दिएको थियो । 
निज सानु भण्डारी, ईन्द्रजित राई र निजको छोरा निरज राई समेतले भुटानी शरणार्थी कामको लागी ग्यारेन्टी चाहिने भएकोले उक्त घरजग्गाको काम समेतलाई राखी रकमको श्रोत देखाउनेको लागी निरज राईको नाममा सानु भण्डारीले चेक काटी दिएका हुन् । उक्त चेकबाट रकम भुक्तानी लिएको हुनुपर्छ । 
सानु भण्डारी तथा इन्द्रजित राई तथा निजका छोरा निरज राई समेतले नेपालीहरूलाई भुटानी शरणार्थी बनाई अमेरीका लाने भनी विभिन्न व्यनीहरुँग नगद रकम उठाई उक्त रकमको स्रोत देखाउन तथा मलाई अमेरीका पठाउन भनी मैले दिनु पर्ने रकम पर जग्गा बिक्री गरी दिएको भनी विश्वास पार्न सानु भण्डारी इन्द्रजित राई तथा निका छोरा राई समेतले योजना बनाई सानु भण्डारीले आफ्नो नाममा रहेको बैंक खाताबाट निरज राईको नाममा धेरै जग्गा बैना गरेको भनौँ भ्रम पारी रकम श्रोत खुलाउनको लागि रकम लिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी रामशरण केसीको थप बयान दिएका छन् । 

Logo