बैंगलाेर उडेको जहाज पुनः काठमाडौं फर्कियो, चरा ठोक्किएको आशंका

बैंगलाेर उडेको जहाज पुनः काठमाडौं फर्कियो, चरा ठोक्किएको आशंका

केन्द्रबिन्दु
0
Shares

काठमाडौंबाट भारतको बैंगलाेरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।

अपरान्ह १ः३०  मिनेटमा बैंगलाेर उडेकाे आरए २२५ कलसाइनको जहाज पुनः नेपालतर्फ नै फर्किएको हो ।  विमानमा १५६ जना यात्रु सवार थिए ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राविधिक निरीक्षण जारी रहेकाे बताइएकाे छ । 

Logo