पूर्वप्रधानन्यायाधीश श्रेष्ठको गुनासोः कहाँ बेचुँ जस्तो गरेर नागरिकता दिने ?

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको गुनासोः कहाँ बेचुँ जस्तो गरेर नागरिकता दिने ?

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली नागरिता विधेयकप्रति आपत्ति जनाउँदै बोल्नै मन नभए पनि बोल्न बाध्य भएको बताएका छन् ।

दायित्व वाङ्मय प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिबार गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नागरिकताको विषयमा आफूलाई असाध्यै चित्त दुखिरहेको बताएका हुन् । 

उनले भने,‘मलाई यो नागरिकताको विषय असाध्यै चित्त दुखिरहेको छ । मेरो नागरिकता बोकिदेउ,सट्टा पट्टा गरौं भन्ने यस्तो सस्तो नागरिक होर हामी ? नागरिकता पाएपछि विवेक सम्मत हुने हैन कि विवेक भएपछि नागरिकता दिने हो । हामीले नागरिकताको सपथ पो लिनुपर्छ कि,हरेक नागरिकले नागरिकता पाउँदा खेरीे नागरिकको दायित्व केहो भनेर शपथ ग्रहण गर्ने पद्धतिको ल्याउनु पर्छ । कहाँ बेचुँ जस्तो गरेर नागरिकता दिने यस्तो कुरा सुन्नु परेको छ ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली व्याकरण शब्दकोश प्रति पनि असन्तुष्टि जनाए । उनले पछिल्लो समयमा प्रज्ञा प्रतिष्ठान आफ्नो मूल दायित्व पूरा गर्नबाट पछि परेको होकि भन्दै कतै प्रज्ञा प्रतिष्ठान भाडा उठाउन मात्र लागेको त होइन् भन्ने संशय व्यक्त गरे । 

उनले प्रज्ञा प्रतिष्ठानको भन्दा वाङ्मय प्रपितष्ठानले गरेको कार्य उर्जाशील देखिएको भन्दै प्रज्ञाको व्याकरण निकालेको प्रति चित्त नबुझेको बताए । 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने,‘मलाई अलि चित्त बुझिरहेको थिएन् । प्रज्ञा प्रतिष्ठान प्राज्ञिक कुरा भन्दा भाडा उठाउनमा पो व्यस्त छ कि ? यसमा प्रज्ञा कता छ ? ज्ञान,साहित्य, भाषा, व्याकरण कता छ ? उनले थपे, ‘मलाई प्रज्ञा प्रतिष्ठानले जुन शब्दकोष सुरु गरेको छ, मैले जानेको मलाई सिकाएको एउटा किसिमको थियो यो शब्दकोशमा फरकफरक लेख्न लगाईयो मलाई लेख्नै मन लागेन।’ 

वाङ्मय प्रतिष्ठानले गरेको कार्यको प्रशंसा गर्दै उनले भने,‘नेपाल प्रज्ञा प्रतिष्ठानको आफ्ना गरिमा छ,आफ्नो इतिहास छ,गरेका कामहरु होलान् तर, आजको दिनमा हेर्दा प्रज्ञा प्रतिष्ठनले नजुटाएका,नसम्झिएको साहित्यकारहरुलाई वाङ्मय प्रतिष्ठानले सम्झेको छ,समेटेको छ ।’

कार्यक्रममा साहित्यका माध्यमबाट विभिन्न विधाका लेखनमा योगदान पु-याएकाहरुलाई विद्धत् शिरोमणि हेमराज पुरस्कार, हरिकला साहित्य पुरस्कार तथा अन्य विभिन्न विधामा श्रष्टालाई पुरस्कृत गरिएको छ । चुडामणि गौतम,शशी पन्थी, विष्णुबहादुर सिंह, चन्द्रकान्ता आचार्य,त्रिभुवन चन्द्र वाग्ले, डाक्टर जया सत्या लगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कार तथा सम्मान ग्रहणपछि डा.जया सत्याले जुनसुकै क्षेत्रमा भएपनि आफ्नो कर्मप्रति निष्ठापूर्वक रुपमा कार्य गर्नुपर्ने भन्दै त्यसका लागि सबैलाई आ– आफ्नो ठाउँबाट असल प्रयास गर्न आग्रह गरिन । त्यस्तै, दायित्व वाङ्मय विशिष्ट सम्मानबाट सम्मानित शशी पन्थीले कुना काप्चामा बसेको मान्छेलाई पनि लाइट बालेझैं  खोजेर प्रतिष्ठानले सम्मान गरेको प्रति हर्षित हुदै खुशी व्यक्त गरे । 

Logo