महाकाली सन्धिको २७ वर्षपछि नेपालले पानी पाउने सहमति

महाकाली सन्धिको २७ वर्षपछि नेपालले पानी पाउने सहमति

केन्द्रबिन्दु
0
Shares

महाकाली सन्धि भएको २७ वर्षपछि भारतले नेपाललाई पानी दिने सहमति भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेको बेला उक्त सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । टनकपुर लिंक क्यानले निर्माणको स्वागत गर्दै नेपालतर्फ आवश्यक पर्ने संरचनाको उपलब्धताको आधारमा चरणबद्ध रूपमा टनकपुर ब्यारेजबाट नेपालको सिँचाइ हुने क्षेत्रमा नहरबाट पानी छोड्ने दुई पक्षमा सहमति भएको हाे ।

यसअघि २०७९ असारमा टनकपुर लिंक क्यानलबाट पानी छाडेर नहरको परीक्षणसमेत गरिसकेको छ । त्यतिबेला २२ किलोमिटरसम्म पानी प्रवाह भएको थियो । ४८ किलोमिटर मूल नहरमध्ये २८ किलोमिटर नहर तयार भइसकेको छ । यसले तीन हजार हेक्टर जमिनमा मात्र सिँचाई पुग्नेछ । बाँकी नहरको काम पनि धमाधम भइरहेको सिँचाइ विभागले जनाएको छ । 

अहिले मूल नहरमा नै आवश्यकता अनुसार पानी छाड्ने र पछि शाखा बाँकी नहरहरू तयार भएपछि अरू थप पानी छाड्ने बताइएको छ ।

Logo