बुहारीको हत्या आरोपमा सासू-ससुरा पक्राउ

बुहारीको हत्या आरोपमा सासू-ससुरा पक्राउ

केन्द्रबिन्दु
0
Shares

कैलालीमा बुहारीको हत्या आरोपमा सासू-ससुरासहित तीन जना पक्राउ परेका छन्। अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाइँ नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयवीर बुढालाई नियन्त्रणमा लिएको हो ।

कैलालीको गौरीगङ्गा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । कविताका दुई जना छोरा–छोरी छन् ।

डिल्ली सिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जङ्गलमा गाडेको र ज्वाइँ नाता पर्ने जयवीरले उनीहरूलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Logo