बालेन र हर्कसँग रविलाई तुलना गर्न मिल्दैन – दीपकराज गिरी

बालेन र हर्कसँग रविलाई तुलना गर्न मिल्दैन – दीपकराज गिरी

केन्द्रबिन्दु
0
Shares

चलचित्र निर्देशक एवं कलाकार दीपकराज गिरीले नयाँ पुस्ताका नेताहरूलाई एकै हिसावले तुलना गर्न नमिल्ने टिप्प्णी गरेका छन् । 

रास्वपाका सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबारे विभिन्न काममा तुलनाका साथ टिकाटिप्पणी भइरहँदा कलाकार गिरीकाे यस्तो भनाइ आएको हो । 

बालेन र हर्कको कार्यकारी पद भएको तर, रवि हाल पदमा नरहेको बताएका उनले एकअर्कामा तुलना गर्नुभन्दा उनीहरूले गरेको काम अनुसार समर्थन र सचेत गराउनु राम्रो हुने टिप्पणी गरे । 

उनले लेखेका छन्-

नयॉ पुस्ताका यी नेताहरू प्रति जनताको बिश्वास चुलिँदो छ ! त्यो राम्रो हो ! तर केही तत्वहरू यिनिहरूलाइ नै तुलना गरेर, ट्रोल बनाएर यिनिहरू बिच नै प्रतिष्पर्धा होस भन्ने चाहेको महसूस हुन्छ !
बालेन र हर्कको कार्यकारी पद हो ! जबकी रबिको होइन, उनि अहिले काम गर्ने पदमा नै छैनन् ! त्यसैले यिनिहरू बिच तुलना गर्नु भन्दा उनीहरूले गरेको काम अनुसार ,समर्थन र सचेत गराउनु राम्रो होला … उनिहरू बिच नै प्रतिष्पर्धी भावना उत्पन्न गराउनु भनेको पूरानै प्रबृती लाइ जिताउनु हो 
शुभदिन !!!

 

Logo