नाबालिग बलात्कार घटनामा एलओडी क्लबका सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी

नाबालिग बलात्कार घटनामा एलओडी क्लबका सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी)का दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। 

१६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पक्राउ अनुमति लिएको हो ।

गत जेठ ३१ गते राति एलओडी क्लबमा पुगेकी १६ वर्षीया नाबालिगलाई मदिरा खुवाएर ललितपुरको बागडोलमा लगी बलात्कार गरेको घटना बाहिरिएको थियो । त्यसको भोलिपल्टै प्रहरीले आरोपी पोखराका ५० वर्षीय सुदन कोइरालालाई पक्राउ गरेको थियो ।  

Logo