एमसिसी कार्यान्वयनको अवस्था बुझेर फर्के लू

एमसिसी कार्यान्वयनको अवस्था बुझेर फर्के लू

केन्द्रबिन्दु
0
Shares

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू अमेरिकी अनुदान सहायता परियोजना (एमसिसी)को नेपालमा कार्यान्वयनको अवस्था बुझेर फिर्ता भएका छन्। आगामी भदौबाट एमसिसी कार्यान्वयनमा जाँदैछ। 

शुक्रबार एकदिने नेपाल भ्रमणमा आएका लूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद,कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एमसिसी कार्यान्वयनको विषयमा नेपालको तयारी अवस्थाबारे चासो राखेका थिए। 

नेपाल आइपुगेलगत्तै लूले सुरुमा कांग्रेस सभापति देउवासँग भेट गरेका थिए। देउवा प्रधानमन्त्री भएका बेला संसद्बाट एमसिसी अनुमोदन भएको थियो। देउवा सचिवालयका अनुसार ‘लूले एमसिसी कार्यान्वयनमा नेपालको तयारी के कस्तो छ ? भनेर जिज्ञासा राखेका थिए। जवाफमा देउवाले सदनबाट पास भइसकेको विषय कार्यान्वयनमा लैजान कुनै समस्या नहुने बताएका थिए। देउवापछि लूले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका थिए।

लूले एमसिसी कार्यान्वयनमा सरकारको तयारी कस्तो छ? भन्दै परराष्ट्रमन्त्री साउदसँग चासो राखेका थिए। जवाफमा मन्त्री साउदले नेपाल तयारीमै रहेको र एमसिसी कार्यान्वयनमा कुनै समस्या नहुने बताएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए। 

Logo