ठमेलस्थित ओम्निया क्लबमा ग्याङसहित छिरेर ब्याउन्सर र कर्मचारीलाई कुटपिट गर्ने गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन्। उनलाई काठमाडौंको थानकोटबाट पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले बताए।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। मुग्लिङबाट पक्राउ गरे पनि औपचारिक रुपमा भने उनलाई थानकोटबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।
ठमेल कुटपिट घटनामा पक्राउ पर्नेमा सानुभाइका अलावा काठमाडौं टोखाका ३३ वर्षीय विक्रम अधिकारी,तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ,तनहुँ,दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या-५ का कमल तामाङ रहेको प्रहरीले जनाएको छ। यो सहित ठमेल कुटपिट घटनामा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।
घटनामा संलग्न भएको आरोपमा गुण्डा नाइके सानुभाइको ग्याङका दुई जना विनोद लामा र रघु लामालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ। नुवाकोट सूर्यगढी गाँउपालिका-१ घर भएका राजेन्द्र गुरुङले ठमेलमा सञ्चालन गरेको क्लब ओम्नियामा ग्याङसहित छिरेर सानुभाइले बाउन्सर तथा कर्मचारीलाई कुटपिट गरेका थिए।आफू असुरक्षित भएको भन्दै राजेन्द्र प्रहरीको शरणमा पुगेका थिए।





























प्रतिक्रिया