‘एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्ड’बाट उजय शाक्य सम्मानित

‘एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्ड’बाट उजय शाक्य सम्मानित

केन्द्रबिन्दु
0
Shares

आउटरिच नेपालका संस्थापक उजय शाक्य ‘एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’ को अवार्डबाट सम्मानित भएका छन् । सिंगापुरमा आयोजित सीएमओ एसिया अवार्डको १४औं संस्करणको कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो ।

वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेसनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो।

शाक्य विगत दुई दशकदेखि विश्वव्यापी ब्रान्डहरूलाई नेपालमा सफलतापूर्वक शुभारम्भ गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । सन् २०१५ मा शाक्यले प्रकाशित गरेको पुस्तक ब्रान्ड सूत्रले उनको विशेषज्ञतालाई थप पुष्टि गर्ने बताइएको छ । एसियाभरका प्रतिष्ठित उद्योगीको जमघटमा नियमित उपस्थित रहने शाक्य विज्ञापन तथा ब्रान्डसम्बन्धी पुरस्कारको निर्णायक र वक्ताको रूपमा सक्रिय रहँदै आएका छन् ।

अवार्ड समारोहमा शाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्केटिङले साथ दिनुपर्नेमा जोड दिएका छन् । उनले मार्केटिङमा प्रविधिसँगै मानवीयता पनि महत्त्वपूर्ण हुने बताए ।

Logo