आपसी सद्भावलाई थप मजबुत बनाउन राष्ट्रपतिको अपिल

आपसी सद्भावलाई थप मजबुत बनाउन राष्ट्रपतिको अपिल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले हरेक जात, जाति, धर्म, संस्कृति तथा समुदायको सह–अस्तित्व स्वीकार गर्दै आपसी सद्भावलाई थप मजबुत बनाउन सम्पूर्णलाई अपिल गरेका छन् । 

आज जितिया पर्व, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जितियापर्व जस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको बताएका छन् । 

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाड पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको छ । जितियापर्व जस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको मैले महसुस गरेको छु ।’ सन्देशमा लेखिएको छ । 

नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको संरक्षण गर्नु आवश्यक भएको पनि उनको भनाई छ ।
 

Logo