काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सरकारले लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्ने निर्णय गरेको थियो। सोही अनुसार प्रहरी पोष्ट स्थापना गर्न शुक्रबार साँझ त्यहाँ पुगेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए। आक्रमणबाट केही प्रहरी घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई शुक्रबार नै नियन्त्रणमा लिइएको थियो। आज थप १० जनालाई नियन्त्रणमा लिइएको जनाएकाे छ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ।





























प्रतिक्रिया