गुठीचौर पालिकाद्वारा पाँच विधेयक पारित

गुठीचौर पालिकाद्वारा पाँच विधेयक पारित

केन्द्रबिन्दु
0
Shares

जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढङ्गले कार्यसम्पादन गर्न विभिन्न पाँच वटा विधेयक पारित गरेको छ।

सभाले भवन निर्माण तथा नक्सा पास कार्यविधि, प्राविधिक फिल्ड भत्ता कार्यविधि, भूकम्पीय जोखिम मूल्याङ्कन मापदण्ड, खर्च व्यवस्थापन र पोषणमैत्री स्थानीय तह तथा वडा घोषणा कार्यविधि पारित गरेको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरिका अनुसार सबै नीति, कार्यविधि र विधेयक सर्वसम्मतिले पारित भएका हुन्। 

पालिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो। कार्यविधि पारित भएसँगै अब पालिकाबाट नक्सा पास नगरी भवन निर्माण गर्न पाइने छैन।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पालिकाभित्र निर्माण हुने पक्की घर तथा सरकारी कार्यालयको अनिवार्य रूपमा नक्सा पास हुनुपर्ने बताए। उनले कार्यविधि कडाइकासाथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

Logo