स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण र सरकारले वैशाखमा गर्न लागेको लगानी सम्मेलन दुवै ऊर्जा क्षेत्रको विकासको लागि महत्वपूर्ण हुने बताएका छन्। उनले लगानी सम्मेलनलाई लिएर इप्पान उत्साहित रहेको बताएका हुन्।
नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आज भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै छन्। संयुक्त आयोगको बैठक भएको हुनाले दुई देशबीचको संयुक्त विषयका सबै एजेण्डाहरूमा छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ।
तर,नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका समयमा भएको विविध सम्झौता कार्यान्वयनमा यो बैठक केन्द्रित गर्न खोजेको छ। विशेषगरी विद्युत व्यापार सम्झौतामा नेपालले जोड दिएरै केन्द्रित हुने बताइएको छ।
गत जेठमा प्रधानमन्त्री दाहाल भ्रमणमा जाँदा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता गरेका थिए।
नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारका लागि (२५ वर्षका लागि) प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको साढे ६ महिना बितिसकेको छ।
उक्त सम्झौता नेपालका लागि ऐतिहासिक भएकोर सावित गर्ने पनि प्रधानमन्त्री दाहालले बारम्बार दोहार्याउने गरेका छन्। भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल भ्रमणमा आउँदैछन्।
परराष्ट्रमन्त्रीस्तरीय सातौं संयुक्त बैठकमा सहभागी हुन नेपाल आउन लागेका जयशंकरसँग विशेषगरी दुई देशबीचको सीमा, व्यापार, वाणिज्य, आर्थिक सहयोग, विद्युत व्यापारलगायतका विषयमा छलफल हुने कार्यक्रम छ। विशेषगरी विद्युत व्यापार सम्झौता र आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका विषयमा बैठक केन्द्रीत हुने जनाइएको छ।





























प्रतिक्रिया