बाँकेको हर्बल उद्योगमा आगलागी, १ सय ७३ सुरक्षाकर्मी परिचालित

बाँकेको हर्बल उद्योगमा आगलागी, १ सय ७३ सुरक्षाकर्मी परिचालित

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । बाँकेको एक हर्बल उद्योगमा आगलागी भएको छ।

बाँकेको जानकी गाउँपालिका-६ प्रहवास्थितस्थित् जडीबुटी प्रशोधन गर्ने बाहुबली हर्बल उद्योग प्रालिको परिसरमा राखिएका सल्लाको खोटो तथा दाउरामा बिहीबार बिहानदेखि आगलागी सुरू भएको हो।

नेपालगन्ज विमानस्थलको दमकललगायत बाँकेका विभिन्न पालिकाका गरी ६ वटा, जिल्ला प्रहरीको वाटर क्यानल, बर्दियाका विभिन्न स्थानीय पालिकाका ३ वटा, रुपैडिहा भारतको एक गरी ११ वटा दमकल र १ सय ७३ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

आगलागी नियन्त्रणका लागि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, सेनासहित बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की आगलागी स्थलमा पुगेको बताइएको छ।

Logo