गोरखाको वीरेन्द्र ताल फुट्यो, सतर्क रहन आग्रह [भिडियाे]

गोरखाको वीरेन्द्र ताल फुट्यो, सतर्क रहन आग्रह [भिडियाे]

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । उत्तरी गोरखाको वीरेन्द्र ताल फुटेको छ। मनास्लु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण वीरेन्द्र ताल फुट्दा बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ।

तालमा पहिरो खसेपछि त्यहाँबाट बाढी गएर बूढीगण्डकीमा मिसिएपछि पानीको बहाव दोब्बरले बढेको बताइएको छ।

गोरखका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार तालमा ठूलो पहिरो खस्दा पानी बाहिर आएको हो। उनले क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए।

Logo