हास्दै मनाउनुस् ‘विश्व हाँसो दिवस’

हास्दै मनाउनुस् ‘विश्व हाँसो दिवस’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । आज मे ५ अर्थात विश्व हाँसो दिवस। यसको ईतिहाँस लामो नभएपनि यसलाइ विशेष गरी मन खोलेर हाँस्ने दिन मानिन्छ। पछिल्लो केही वर्षबाट नेपालमा पनि यो दिवस मनाईँदै आएको छ। हाँसोको माध्यमबाट विश्वमा शान्ति फैल्याउन सकिने तथा विश्व मानवमा मित्रताको भावा व्यक्त गर्न सकिने उद्धेश्यले यो दिवस मनाउन थालिएको जानकारहरु बताउँछन्।

भारतको मुम्बईका डाक्टर मदन कटारियाको पहलमा सन् १९९८ देखि मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउन लागिएको हो।

हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग र्पुयाउने योग विज्ञको भनाइ छ। हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने विज्ञहरुको भनाई छ।

Logo