काठमाडौं । बाल मन्दिर जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन्।
उनलाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रकाउ गरेको हो।
सो प्रकरणमा उनीसहित २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २७ पक्राउ पुर्जी जारी गरेको थियो।
बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरी परेको थियो।
नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको थियो।





























प्रतिक्रिया