बैतडीका बोहराको उपचारमा समस्या, सहयोगका लागि परिवारको अपिल

बैतडीका बोहराको उपचारमा समस्या, सहयोगका लागि परिवारको अपिल

केन्द्रबिन्दु
2k
Shares

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका-२ छेपट्टाका राजेन्द्र बोहरा (राजु) मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि परिवारले उपचारमा आर्थिक सहयोगका लागि अपिल गरेका छन्।

जेठ १३ गते दार्चुलाको शैल्यशिखर नगरपालिका गोकुलेश्वरबाट घर फर्किने क्रममा बैतडीको डिलासैनी-३ स्थित झरना भन्ने ठाउँमा दुर्घटनामा परेका थिए।

शक्त घाइते बोहराको छातीका करङ भाँचिएको, फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन्। यस्तै टाउको गम्भीर चोट लागेका उनी अहिले अचेत अवस्थामा छन्।

धनगढीको निसर्ग अस्पतालमा १० दिन भेन्टिलेटरमा राखेर उपचार गराए पनि उनी होसमा आउन सकेका छैनन्। अहिले उनको थप उपचार भारतको बरेली मेडिकल कलेजमा भइरहेको छ।

अहिलेसम्म १२ लाख भन्दा बढी खर्च भइसकेको र अझै छातीको करङको अप्रेसनमा थप रकम लाग्ने भएकाले आफन्तले सहयोगका लागि अपिल गरेका हुन्।

चिकित्सकहरूले उनी राम्रोसँग होसमा आउन अझै ३ महिनादेखि ६ महिनासम्म लाग्न सक्ने बताएका छन्।

घरको आर्थिक अवस्था कमजोर भएकाले आफन्तले उपचारको सहजताका लागि आर्थिक सहयोग गर्न अपिल गरेका हुन्।

घाइते बोहरा भलिबल खेलाडीका रूपमा परिचित छन्।

सहयोगका लागि बोहराकी श्रीमती लक्ष्मी बोहराको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर (4660100000193010) मा सहयोग गर्न सकिने परिवारले जनाएको छ। सहयोगका बारेमा थप बुझ्नु परे (९८६९९१२१८८) मा सम्पर्क गर्न सकिने छ।

Logo