दम्पती जीवनमा झगडा परेको पर्‍यै हुन्छ भने यसरी गर्न सकिन्छ ह्यान्डल

दम्पती जीवनमा झगडा परेको पर्‍यै हुन्छ भने यसरी गर्न सकिन्छ ह्यान्डल

केन्द्रबिन्दु
171
Shares

काठमाडौं । भनिन्छ, ‘जहाँ माया हुन्छ त्यहाँ झगडा हुन्छ र झगडाले माया बढ्छ ।’ तर, त्यसको ठिक उल्टो भयो भने के हुन्छ ? मायाको सट्टा झगडा बढ्यो भने के गर्ने ? यो प्रश्नले गर्दा धेरै अविवाहितहरू सोचमग्न हुन्छन् । र, विवाहसँग सम्बन्धित विषयलाई लिएर उनीहरु डराइरहेका पनि हुन्छन् । यद्यपी ढिला चाँडो विवाह गर्नु पर्ने नै हुन्छ ।

विवाह पछिको दाम्पत्य जीवन सधै सुखमय हुन्छ भनेर भन्न सकिँदैन । किनभने कहिलेकाहि विभिन्न विषयलाई लिएर बुढाबुढीबीच नै झगडा भइराख्छ । हुन त नेपाली समाजमा बुढाबुढीको झगडालाई परालको आगोको रूपमा पनि लिइन्छ । तर, विवाह भएको केही वर्ष केही महिना राम्रोसँग नै व्यवहार चल्ला । तर, कति पय मानिसको वैवाहिक बन्धन पश्चात् झगडा मात्र पर्छ । जसका कारण आज सम्बन्ध विच्छेदको विधि अपनाएको पाइन्छ । सम्बन्ध विच्छेद दम्पती जीवनको उपाय हैन । यस्तो बेलामा दम्पतीबीच झगडा बढ्यो भने सम्बन्ध कमजोर हुने सम्भावना बढेको देखिन्छ ।

हरेक सम्बन्धमा उतारचढाव हुन्छ । यो तपाईंलाई पनि कुनै समयमा भएको हुनसक्छ । यस्तो अवस्थालाई सम्हाल्नु र सम्बन्धलाई मजबुत बनाउने प्रयास गर्नु एकदमै जरुरी छ । सम्बन्ध बचाउने मजबुद बनाउने केही उपाय हेरौं-

खुलेर कुरा गर्ने

क्रोध र झगडा दुई वटा यस्ता चीज हुन् । जसले गर्दा मानिसको दिमागले काम गर्नौं छाड्छ । यस्तो अवस्थामा हामी केही भन्नुअघि सोच्दैनौं । यदि तपाईं र तपाईंको पार्टनरबीच झगडा हुन्छ भने यसलाई बढाउनुको सट्टा, खुलेर कुरा गर्ने प्रयास गर्नुहोस् । जसले तपाईंको पार्टनरको रिस शान्त हुनेछ । त्यसपछि तपाईं दुवै एक अर्कासँग कुरा गर्न सक्षम हुनुहुनेछ ।

एकअर्काको अवस्था बुझ्ने प्रयास गर्ने

प्रायः झगडाको समयमा हामी आफैलाई सच्याउन र अर्को व्यक्तिलाई गलत साबित गर्ने प्रयास गर्न थाल्छौं । तपार्इंलाई थाहा हुनुपर्दछ कि प्रत्येक व्यक्ति फरक छ र सबैको आफ्नै सोच र बुझ्ने तरिका छ । तसर्थ, तपाईंले आफ्नो क्रोध र झगडालाई त्यागी आफूलाई आफ्नो पार्टनरको स्थानमा राखेर सोच्नुहोस् । तिनीहरूको भावनाहरू महसुस गर्ने प्रयास गर्नुहोस्, यसले तपाईंलाई परिस्थितिलाई राम्रोसँग ह्यान्डल गर्न मद्दत गर्नेछ ।

झगडा हुँदा हामी प्रायः एक अर्कालाई दोष लगाउन थाल्छौं । ‘तिमीले यसो गरेकोले यो सब भयो’ वा ‘यदि तिमीले गरेको भए यस्तो हुने थिएन’ आदि । यदि तपाईंले यसो गर्नुभयो भने स्थिति बिग्रन सक्छ । त्यसैले एक अर्कालाई दोषारोपण गर्न छाडेर समस्या समाधानमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।

एक अर्कालाई माया र कदर गर्नुहोस्

जब तपाईं र तपाईंको पार्टनरबीच कुनै अनावश्यक मुद्दामा झगडा गर्नुहुन्छ । त्यो बेला तपाईंको पार्टनरको अनुहार हेर्नुहोस् र त्यसपछि सोच्नुहोस् कि म उसलाई माया गर्छु वा अहरुलाई । यस पछि सबै मायालु सम्झनाहरू तपाईंको दिमागमा ताजा हुनेछन् । आफ्नो पार्टनरलाई फेरि एकपटक अँगालो हाल्नुहोस् र उनको प्रशंसा गर्नुहोस् । त्यसपछि हेर्नुहोस् कसरी झगडा हृदयस्पर्शीमा परिणत हुन्छ र तपाईं दुई बीचको प्रेम बढ्छ ।

सानो कुरालाई बेवास्ता

दम्पतीबीच झगडा हुनु सामान्य कुरा हो । तर, हरेक सानो कुरामा झगडाले सम्बन्ध बिगार्न सक्छ । त्यसैले आफैसँग धैर्य गर्ने प्रयास गर्नुहोस् र सानो कुरालाई बेवास्ता गरिदिनु होस् । किनकी एक पटक सम्बन्ध बिग्रियो भने त्यसलाई सुधार्न समय लाग्छ ।

Logo