सहकारी ठगीको थुनछेक बहस हुँदै गर्दा रुवाबासी चलेपछि…

सहकारी ठगीको थुनछेक बहस हुँदै गर्दा रुवाबासी चलेपछि…

केन्द्रबिन्दु
576
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी थुनछेक बहस चल्दै गर्दा जिल्ला अदालत कास्कीमा प्रतिवादी कृष्णबहादुर गुरुङले आत्महत्या गर्ने अभिव्यक्ति दिएका छन् ।

न्यायाधीश नितिज राईको इजलासमा ८० वर्षीय गुरुङले यस्तो बताएपछि रुवाबासी चलेको पनि बताइएको छ । गुरुङले अभिव्यक्तिपछि पूर्व सांसद मिना गुरुङ लगायतले रुवाबासी गरेका हुन् । बहसको माहोल एकाएक बिग्रन पुगेको र सुनुवाइसमेत स्थगित भएको स्रोत बताउँछ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणि बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लीला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाटलगायत छन्।

Logo