कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशमा शाखा विस्तार गर्न कठिनाई भयो -कार्यकारी निर्देशक कार्की

कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशमा शाखा विस्तार गर्न कठिनाई भयो -कार्यकारी निर्देशक कार्की

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशहरुमा शाखा विस्तारमा समस्या भएको बताएका छन् ।

नागरिक लगानी कोष ३०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कर्मचारी व्यवस्थापन नभएर शाखा विस्तारमा समस्या आएको भन्दै कर्मचारीहरुको मनोबल उच्च राख्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कर्मचारीको मनोबल उच्च राख्नुपर्छ भन्नेकुरामा यहाँको कार्यकारी निर्देशक, सञ्चालक समिति धेरै नै संवेदनशील रहेको छ । कर्मचारीको मोटिभेसन विना संस्थाले उन्नती प्रगती गर्न सक्दैन भन्ने कुरामा हामी सबै संवेदनशील भएर लागेका छौं । शाखा विस्तारको कुरामा हामीले मधेश प्रदेशमा शाखा विस्तार गर्नुपर्छ भन्ने कुरामा काम गरिरहेका छौं । अलिकति कर्मचारी व्यवस्थापनले हामीलाइ अप्ठ्यारोे पारेको छ ।’

यसको साथै, उनले अनावश्यक बैंक खाताहरु क्रमिक रुपमा घटाउँदै गएको पनि बताए ।

उनले भने, ‘अनावश्यक बैंक खाताहरु क्रमिकरुपमा घटाउदै गएको छौं । नागरिक स्टक डिलरको कुरा हाम्रो सिस्टर अर्गनाइजेसनले व्यवस्थापन गरेका छन् । हाम्रो ५१ प्रतिशत शेयर छ । त्यहाँबाट केही पनि रिटन आउन नसकेको भन्ने कुरा संवेदनशील रुपमा उठाउनु भएको छ ।’

Logo