काठमाडौं । हालै जनवरी/फेब्रुअरी महिनामा समर्थगुरु संघका नेपालका विभिन्न केन्द्रहरूले नेपालका कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा भव्य रूपमा ध्यान योग तथा सुरति योगका कार्यक्रमहरू सम्पन्न गरेका छन्।
ओशो भिलेज मंगलापुरमा भारतबाट आएका आचार्य कुलदीप सिंहले ३ दिने सुरति योग साधना गराए । साथै, हरेक साँझ १.५ घण्टाको सत्संगमार्फत ध्यानमुखी जीवनबारे अन्तर्क्रिया पनि गायन तथा उत्सवका साथ सम्पन्न भएको हो ।

यसैक्रममा काठमाडौंको बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सको सुविधासम्पन्न वातावरणमा आगामी फेब्रुअरी २८ देखि मार्च २ सम्म दोस्रो र तेस्रो तलका सुरति तथा निरति योगका साधनाहरू सञ्चालन हुने समर्थगुरु संघ नेपालकी राष्ट्रिय संयोजक मञ्जु शर्माले जानकारी दिइन् । साथै चन्द्रागिरी साधना केन्द्र, सतुंगलमा पनि प्रथम तलको ध्यान योग कार्यक्रम आयोजना हुँदैछ ।
जब व्यक्तिले स्वयंलाई चिनेर साधनामा जोडिन सिक्छ, तब ऊ असल व्यक्ति बन्छ, जसका कारण परिवार, कार्यस्थल र समाज सबै उन्नत हुन सक्छन्। समर्थगुरुको सहज योगमा आधारित ओमकार साधनाले हामीलाई सीधा आफ्नै चैतन्यसँग जोड्छ। यही सनातन धर्म र साधनाको सार रहेको आयोजकको भनाइ छ ।





























प्रतिक्रिया