नेपालको सर्वोच्च अदालत अभिलेख अदालत होः प्रधानन्यायाधीश राउत

नेपालको सर्वोच्च अदालत अभिलेख अदालत होः प्रधानन्यायाधीश राउत

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालत अभिलेख अदालत भएको बताएका छन् ।

बुधवार नेपाल कानून पत्रिकाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अभिलेखले कानूनी साहित्य र इतिहासलाई उजागर गर्ने बताएका हुन् ।

उनले भने,‘नेपालको सर्वोच्च अदालत अभिलेख अदालत हो । अभिलेख भन्ने बितिक्कै के कुरा बुझिन्छ ? अभिलेख नहुदा के हुन्छ ? प्रश्न यहाँनेर छ । सायद आज विमोचन गर्दै गर्दा भोलिको चम्किलो र उज्यालो भविश्यको लागि यो कुराले कतै न कतै हामीलाई संवेदनशील बनायो भने यो विमोचनको अर्थ रहन्छ । मेरो बुझाइमा अभिलेख भनेको निश्चित समयको मुलुकको कालखण्डको सभ्यता देखाउँछ । कानूनी साहित्य र इतिहासलाई उजागर गर्दछ । देशको संस्कृति कस्तो छ ? आत्मासम्मान र स्वाभिमानको प्रसंगलाई नियालेर हेर्यो भने ति अभिलेखबाट मात्र भेटिन्छ अन्तबाट भेटिँदैन ।’

उनले अभिलेख देशको योगदान र मौलिकतासँग जोडिएको पनि बताएका छन् ।
उनले भने,‘अभिलेख बुद्धको पालामा पनि थिएन देखिदैन । ती किवंदन्तीको रुपमा सुर्तिको रुपमा किताबभन्दा पनि शक्तिशाली भएर बसेको छ । ठुलो जनमतलाई प्रभावित गरेको छ । लिपिबद्ध गर्ने कुरा मुलुकको आत्मासम्मानसँग, गौरवसँग, योगदानसँग र मौलिकतासँग जोडिएको छ ।’

Logo