काठमाण्डौँ । चुच्चेपाटीस्थित भाटभटेनीमा डढेको अवस्थामा भेटिएका शवको पहिचान अझै हुन सकेको छैन।
चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएका थिए । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ। डीएनएमार्फत ती शवको पहिचान गनुपर्ने अवस्था आएको प्रहरीले बताएको छ ।
केही आफन्तहरूले आफ्नो मान्छे हराएको भन्दै उजुरी दिएको र अब त्यसैको आधारमा डीएनएमार्फत शव पहिचान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।





























प्रतिक्रिया