काठमाडौं । रामेछापको मन्थली नगरपालिका–सेलेघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले जानकारी दिए ।
उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा ६ वटा शव फेला परेको हुन् । प्रजिअ थापाले दिएका जानकारी अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।
आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
अरनिको यातायात समितिले बताए अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट लिएका थिए । बाटोमा अन्य यात्रुहरु चढे नचढेको खुल्न सकेको छैन।
दुर्घटनामा परेका यात्रुको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली,रामेछाप प्रहरी लगायत खटिएका छन् ।































प्रतिक्रिया