इस्कोनमा बालबालिका दुर्व्यवहार गरेको आरोपमा सुरजकृष्ण श्रेष्ठ पक्राउ

इस्कोनमा बालबालिका दुर्व्यवहार गरेको आरोपमा सुरजकृष्ण श्रेष्ठ पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हिन्दू धर्मको प्रचार र प्रबर्द्धनका लागि सञ्चालन भइरहेको बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन)मा बालबालिकामाथि यौनजन्य दुर्व्यवहार भएको छ । घटनामा एकजना व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बालबालिकासम्बन्धी कसुरमा अनुसन्धानका लागि इस्कन सम्बद्ध सुरजकृष्ण श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

उनले केही बालबालिकामाथि मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको भट्टराईले बताए । घटनाको गम्भीर छानबिन भइरहेको र घटनाको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले बताए ।

हिन्दू धर्मको प्रचार र प्रबर्द्धनका लागि विदेशी दातृ संस्थाको सहयोगमा आश्रम सञ्चालित छ । यो संस्था विश्वका विभिन्न देशमा सञ्चालित छ ।

Logo