टर्कीमाथि अस्ट्रेलियाको सानदार जित

टर्कीमाथि अस्ट्रेलियाको सानदार जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत भएको रोमाञ्चक खेलमा अस्ट्रेलियाले टर्कीमाथि २–० को सानदार जित दर्ता गरेको छ। समूह ‘डि’ मा रहेको अस्ट्रेलियाले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै टर्कीलाई दबाबमा राख्न सफल भयो।

खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको अस्ट्रेलियाका लागि खेलको २७ औँ मिनेटमा नेस्टोरी इरानकुन्डाले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको टर्कीले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे तापनि अस्ट्रेलियाको बलियो रक्षापंक्तिलाई तोड्न सकेन।

खेलको ७५ औँ मिनेटमा कनर मेटकाफले अस्ट्रेलियाका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

यो महत्वपूर्ण जितसँगै अस्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित टर्की तेस्रो स्थानमा खुम्चिएको छ।

Logo