आज रातीबाट डिभी खुल्दै, घरबाटै निःशुल्क भर्न सकिने, आवेदन दिनका लागि के के चाहिन्छ ?

आज रातीबाट डिभी खुल्दै, घरबाटै निःशुल्क भर्न सकिने, आवेदन दिनका लागि के के चाहिन्छ ?


सन् २०२३ को डाइभर्सिटी भिसा (डिभी) को आवेदन बुधवार राती पौने १० देखि खुल्ला हुने भएको छ । अमेरिकी राजदूतावास–नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको छ । 

डिभीका लागि आगामी कार्तिक २३ गतेसम्म आवेदन दिन सकिने छ । जसका लागि ६ महिनाभित्र खिचिएको फोटो र राहदानी अनिवार्य रहेको छ । डिभी भर्नका लागि https://dvprogram.state.gov/ मा गएर निःशुल्क रूपमा फारम भर्न सकिने छ ।

आवेदन दिनका लागि निम्न कुराहरू आवश्यक पर्नेछ :

१. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्नुपर्ने ।

२. विगत ६ महिनाभित्र खिचिएको फोटो ।

३. वैध, म्याद नसकिएको राहदानीको विवरण ।

Logo