८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको त्रिअबि प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोएसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जना भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए । उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोएसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्याउने गरिएको छ ।
मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।































प्रतिक्रिया