जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नवलपरासी (पूर्व) र तनहुँमा जुवातास खेलिरहेका बेला १३ जना पक्राउ परेका छन् । 

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-४ स्थित अमृता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने २४ वर्षीय बिष्णु सापकोटा समेत पाँचजनालाई प्रहरीले पक्राउ गरेको हाे ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ३ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 
 
त्यस्तै, तनहुँकाे ब्यास नगरपालिका-४ सिमलटार बस्ने ४१ वर्षीय हमान सिंह थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा सहित आठजनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ५ सय २६ रूपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

Skip This
Skip This
Logo