नेपालगञ्ज विमानस्थलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले शुक्रबार बिहान जाँचका गर्ने क्रममा ब्राउनसुगरसहित कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २२ वर्षीय अमुल क्षेत्रीलाई पक्राउ गरेको हो ।
उनका साथबाट ४५ ग्रामको ब्राउनसुगर बरामद गरिएको बाँके प्रहरीले जनाएको छ। उनी श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका थिए । पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया