शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु म्याद थपका लागि जिल्ला अदालतमा

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु म्याद थपका लागि जिल्ला अदालतमा

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

आईतबार जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको हो । यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

Logo