घुससहित प्रहरीनै अख्तियारको नियन्त्रणमा

घुससहित प्रहरीनै अख्तियारको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

बाग्लुङमा घुस लिने एक प्रहरी नायब निरीक्षक (सई) नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा पुगेका छन् । गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई आयोगको पोखराबाट खटिएको टोलीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

लेनदेनको केस मिलाइ दिने भन्दै सेवाग्राहीसँग रु. ३८ हजार घुस लिइसकेको अवस्थामा घुस रकमसहित महतोलाई बागलुङस्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

Logo