कृषिमन्त्री मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गर्न माग गर्दैै सर्वोच्चमा रिट

कृषिमन्त्री मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गर्न माग गर्दैै सर्वोच्चमा रिट

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपंक्षी विकास मन्त्रीबाट मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट बुधबार सर्वोच्च अदालतले दर्ता गरेको हो। 

रिटमा सुनुवाइ गर्न बिहिबार पेशी तोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार २० गते सिंहलाई मन्त्री नियुक्त गरेकी थिइन्। 

मृगेन्द्र सांसद होइनन्। गैर सांसदलाई ६ महिनासम्म मन्त्री बनाउन मिल्ने भएपनि संविधानको धारा ७८ १ मा गैर सांसदलाई मन्त्री बनाउन मिल्ने भएपनि सोही धाराको उपधारा ४ मा प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई मन्त्री बनाउन नमिल्ने निवेदकको जिकिर छ। 

 

 

 

 

 

प्रकाशित: July 06, 2022 | 13:42:40 असार २२, २०७९, बुधबार

2Shares

facebook sharing button

twitter sharing button

messenger sharing button

whatsapp sharing button

Logo