चन्द्रागिरीबाट लागूऔषध सहित एक जना पक्राउ

चन्द्रागिरीबाट लागूऔषध सहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले फक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महोत्तरी सग्रामपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय विवेक कुमार यादव रहेका छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । यादवको साथबाट ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ । 

महोत्तरीको गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५१४४ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

Logo