धर्मसम्बन्धी केही वैज्ञानिक विचारधारा

धर्मसम्बन्धी केही वैज्ञानिक विचारधारा

केन्द्रबिन्दु
0
Shares

समाजमा मिलेर बस्ने मानवीय गुणलाई सबैभन्दा पहिले धर्मले नै अतिक्रमण गर्‍याे । मानिसमा विद्यमान प्रेम,करुणा,दया,सहयोग जस्ता अति सुन्दर गुणहरू जातीयता, धर्म, साम्प्रदायिकताजस्ता कारणले गर्दा लाेपाेन्मुख अवस्थामा पुग्न थालेको आभास भइरहेको छ । अहिलेकाे युग मानवीय चरित्रको उच्च जाेखिमकाे युग हाे भन्दा फरक नपर्ला । विभिन्न वहानामा राष्ट्रिय स्वार्थकाे टक्करले कथित धर्मयुद्वका नगराहरू बजिरहेका छन् ।

पूर्वीय समाज, जसलाई हामी प्राचीन भारतका नामले चिन्दछाैं त्यतिबेला पनि धार्मिक पाखण्डवादमाथि चार्वाकजस्ता ऋषिमुनिहरूले लाेकायतजस्ताे मत अगाडि सारेर अन्धभक्तिवादमाथि निकै ठूलाे प्रहार गरेकाे प्रमाण पाउँछाैं । त्यहीँ मतलाई केही फरक शैलीमा गाैतम बुद्धले पनि अनिश्वरवादकाे नाममा सविस्तार गरे । त्यो क्रम पूर्वीय -पाश्चात्य दुवै महाद्वीपमा अद्यावधिक नै चलिरहेको छ तर केही पाश्चात्य वैज्ञानिकहरू पनि छन् जसलाई १९/२०औं शताब्दीका समीक्षकहरूले धर्मकाे विराेधमा स्वतन्त्र वैज्ञानिक चिन्तनका लागि उच्च वलिदानकाे आदर्श स्थापित गर्ने महान् शहीदका रुपमा सम्मान दिएका छन्।

अहिलेकाे युग मानवीय चरित्रको उच्च जाेखिमकाे युग हाे भन्दा फरक नपर्ला । विभिन्न वहानामा राष्ट्रिय स्वार्थकाे टक्करले कथित धर्मयुद्वका नगराहरू बजिरहेका छन् ।

त्यस्तो सम्मान पाउने वैज्ञानिकका रुपमा जियाेर्दानाे ब्रुनाे (सन्१५४८-१७फेब्रुअरी १६००) लाई लिने गरिन्छ। ब्रुनाे ती व्यक्ति हुन् जसले “आकाश केवल उत्ति छैन जत्ति हामीले देखेका छाैं,त्यो अनन्त छ,जसमा असंख्य विश्व छ । धर्ती मात्रै हैन,सूर्य पनि आफ्नो कक्षमा घुम्छ ”भन्ने काेपर्निकसकाे विचारलाई दह्रो समर्थन गर्दै त्यसको प्रचारप्रसारमा जीवनपर्यन्त लागे,फलस्वरूप उनलाई इटालीमा समर्थन र विराेध दुवै मिले पनि अन्ततः कैथाेलिक चर्चका पादरीहरुले उनलाई धार्मिक सिद्धान्तको विराेधी ठहर गर्दै ८वर्षसम्म कडा यातनाका साथ जेलमा राखे। यसैबीच उनलाई माफी मागेमा जीवनदान दिने सर्त अगाडि सारियाे,त्यसलाई ब्रुनाेले सहजै अस्वीकार गरिदिएपछि १७ फेब्रुअरी सन् १६०० का दिन ५२ वर्षको उमेरमा राेमकाे खुला चहुँरमा सारा मानिसहरूकाे उपस्थितिका बीच खाँबाेमा बाँधेर शरीरभरि मट्टीतेल छर्केर ज्यूँदै आगाे लगाएर मारे। 

माफी माग्ने सर्त ब्रुनाेले सहजै अस्वीकार गरिदिएपछि १७ फेब्रुअरी सन् १६०० का दिन ५२ वर्षको उमेरमा राेमकाे खुला चहुँरमा सारा मानिसहरूकाे उपस्थितिका बीच खाँबाेमा बाँधेर शरीरभरि मट्टीतेल छर्केर ज्यूँदै आगाे लगाएर मारे। 

मानव सभ्यताको निम्ति याेभन्दा क्रुर,निन्दनीय र धार्मिक आतंकवादकाे उदाहरण अरु के हुनसक्छ र ? त्यसको असर युरोपेली समाजका कुनाकुनासम्म फैलियो र फ्रान्सिस बेकन (१५६१-१६२६) जस्ता नयाँ वैज्ञानिकहरू तुरुन्तै देखा परिहाले । प्राचीन ग्रीककाे भाैतिकवादलाई नयाँ व्याख्या दिने क्रममा बेकनकाे उदय भयो । यसपछि ग्यालिलियाे ग्यालिली (१५ फेब्रुअरी १५६४-८जनवरी १६४२)काे युग प्रारम्भ भयो।ग्यालिलियाे ग्यालिलीले हाम्रो साैर्य मण्डलकाे साताैं ग्रह युरेनस बी काे खाेजलाई ब्रुनाेकाे हत्याको २०० वर्षपछि पुष्टि गरिदिए।

अब पाेपले ग्यालिलियाेलाई पनि लखेट्न थाल्यो र उनलाई पनि लामो समयसम्म जेलमा यातना दिएर राखियो । ईश्वर छैनन् ,याे पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहेको छ भन्ने मत अगाडि सारेर ग्यालिलियाे पनि इटालीमा विवाद र समर्थनकाे केन्द्रविन्दु बन्न पुगे।त्यसरी ग्यालिलियाेकाे युगसम्म आइपुग्दा धर्मका ठेकेदारहरूकाे गाेरखधन्धा युरोपभरि विवादकाे घेराभित्र पर्न थाल्यो र पुनर्जागरणकालकाे शीर्षस्थानमा रहेर उनलेे वैज्ञानिक विचारधारालाई अझ स्थापित गर्न सफल भए । त्यसपछि स्पिनिजा (१६३२-१६७७) ले झनै ठूलो क्रान्तिकारी धक्का दिदै धर्मको विरुद्धमा सृष्टिको व्याख्यासँगसँगै मानव जीवनकाे उत्पत्तिसम्बन्धी मतलाई अगाडि सारे।यिनले मानव जीवनकाे सृष्टि भन्दा पहिल्यै पदार्थको जन्म भएको हाे भनेर नवीन खाेजलाई स्थापित गरेपछि अब फेरि ईश्वरीय देनकाे रुपमा सृष्टिको अस्तित्वमाथि प्रश्न खडा भयो।

ईश्वर छैनन् ,याे पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहेको छ भन्ने मत अगाडि सारेर ग्यालिलियाे पनि इटालीमा विवाद र समर्थनकाे केन्द्रविन्दु बन्न पुगे।

महान् जर्मन दार्शनिक जर्ज विल्हेम फ्रेडरिख हेगेल (२७अगस्त १७७०-१४नाेभेम्वर १८३१) ले वस्तुकाे अस्तित्व त्यहाँसम्म रहन्छ जहाँसम्म अन्तरविरोध रहन्छ।अन्तरविरोध नहुनु भनेको अस्तित्व नै समाप्त हुनु हाे भन्दै निराकारमय ईश्वरीय लीलाकाे धज्जी उडाउने काम गरे। हेगेलकाे द्वन्द्ववाद आजको मार्क्सवादी द्वन्द्ववादकाे जननी हाे भन्ने कुरामा दुईमत छैन। हेगेलका विचारलाई अगाडि बढाउने क्रममा अठारौं शताब्दीका महान् विचारकहरू इम्मानुअल कान्ट, मिखाइल लामाेनाेसाेव, अलेक्ज्यान्डर -याडिश्वेव, दिदेराे, हेल्वेटिस आदिकाे पनि ठूलो याेगदान छ, यिनीहरूले ईश्वरीय अन्धविश्वास र अवैज्ञानिक चिन्तनमाथि कडा र निर्मम ढंगले प्रहार गरे।

हेगेलपछि जर्मन दार्शनिक लुडविख फायरबाख (१८०४-१८७२) ले शास्त्रीय भाैतिकवादलाई अझै मूर्तरुप दिने काममा जीवनपर्यन्त लागिपरे।यिनले हेगेलकै मतलाई अझै परिष्कृत गर्दै भाैतिकवादी चिन्तनलाई व्यवस्थित गरे। फायरबाखले भाैतिकवादी अवधारणालाई विज्ञानसम्मत ढंगबाट व्याख्या गर्दै समाज विकासमा ईश्वरीय अस्तित्व कतै नभएको भनेर आलोचना गरे।

धर्म र ईश्वरकाे अस्तित्वमाथि प्रश्न खडा गर्दै जीवनको उत्पत्तिसम्बन्धी सबैभन्दा प्रमाणित व्याख्यासहित महान् जीव वैज्ञानिक चार्ल्स डार्बिन ( १२ फेव्रुअरी १८०९- १९अप्रिल १८८२)ले विकासवादी सिद्धान्त प्रतिपादन गरे। यिनको उदयले बाँदरहरूकाे पुर्खालाई चर्चामा मात्रै ल्याइदिएन अपितु मानव जातिकाे उत्पत्तिको शाखासन्तान नै बाँदर हाे भन्ने विचारलाई स्थापित पनि गरिदियो।यहीँबाट मानव जातिकाे शाखाको पहिचान भयो र ईश्वरकाे कृपाले मानव जीवन पाएको व्याख्या गर्ने धर्मान्धहरू थला परे। यसलगत्तै हेगेल र फायरबाखकाे विचारलाई अर्का महान् जर्मन दार्शनिक कार्ल मार्क्स (५ मे १८१८-१४मार्च१८८३) ले संयाेजन गर्दै आफ्नो द्वन्द्वात्मक तथा ऐतिहासिक भाैतिकवादकाे सिद्धान्तको रुपमा नयाँ व्याख्यासहित समाजकाे क्रान्तिकारी व्याख्या अगाडि सारे। मार्क्सले धर्मलाई अफिमकाे संज्ञा दिदै यसकाे विराेधमा वैज्ञानिक साम्यवादकाे विभिन्न चरणको व्याख्या पनि गरे।यिनले आजसम्मकाे सबैभन्दा पुरानो इतिहास वर्गसंघर्षकाे इतिहास हाे भन्दै समाज विकासकाे वैज्ञानिक भाैतिकवादी व्याख्या गरे।यिनीसँग मिलेर फ्रेडरिख एङ्गेल्स (२८ नाेभेम्वर १८२०-५अगस्त १८९५) ले पनि थुप्रै क्रान्तिकारी कामहरू गरे।

यसक्रममा एङ्गेल्सले बाँदरबाट मानिसमा रुपान्तरणका क्रममा श्रमकाे भूमिका तथा परिवार,निजी सम्पत्ति र राज्यको उत्पत्तिलगायत थुप्रै कृतिमा धर्मकाे कुपमण्डुकतामाथि हमला गरेका छन् । मार्क्स,एङ्गेल्सपछि युरोपेली समाजमा धर्मका विराेधमा वैज्ञानिक विचारधाराकाे वाढी नै आयो भन्दा पनि हुन्छ। यसै क्रममा फ्रेडरिख नित्से (१५ अक्टोबर १८४४-२५ अगस्त १९००) ले त मेरा हात ईश्वरकाे रगतले लतपतिएकाे छ भन्दै ईश्वरलाई आफूले हत्या गरेको विचार अगाडि सारे । आज संसारभर नित्सेकाे दर्शनलाई जीवनदर्शन पनि भनिन्छ।

उनलेे मानव समाजको विकासमा ईश्वर र देवीदेवताले धेरै नाेक्सान पु-याएकाे र धर्मले मानिसलाई दासताकाे जञ्जिरमा राखेको समेत उल्लेख गरेका छन्। यसरी ईश्वर र धर्मका नाममा सृष्टि गरिएका पाखण्डवादमाथि अनेकौं वैज्ञानिक दिशाबाट प्रकाश पार्ने काम समय-समयमा भइरहेको छ। पछिल्लोचरणमा अल्वर्ट आइन्स्टाइन,स्टेफिन हकिङलगायतका वैज्ञानिकहरूले पनि धर्मको पाखण्डवादमाथि कडा प्रहार गरेका छन्।

पूजाआजा,विवाह,व्रतवन्ध,मृत्यु संस्कार सबैतिर बाहुनवाद लादिएकाे छ। कसैले विराेध गरेको अवस्थामा पनि गाली बेइज्जती भाेग्नुपर्ने र समाजबाट बहिस्कृत हुनपर्ने बाध्यकारी अवस्था छ ।

अब अलिकति हाम्राे सामाजिक रीतिरिवाज ,परम्परा र धर्मसंस्कृतिमाथि पनि चर्चा गराैं। यहाँका धार्मिक संघ-संस्थामा बसेका पण्डित ,पुराेहितहरुले कर्मकाण्डका माध्यमबाट अझैसम्म पनि स्वर्गकाे टिकट बेच्न बन्द गरेका छैनन्। युराेपबाट स्वर्गकाे टिकट बेच्न सुरु भएको लीलाक्रम नेपाल जस्ता गरीब देशमा अहिलेसम्म पनि अद्यावधिक नै छ।

यहाँका पूजाआजा,विवाह,व्रतवन्ध,मृत्यु संस्कार सबैतिर बाहुनवाद लादिएकाे छ। कसैले विराेध गरेको अवस्थामा पनि गाली बेइज्जती भाेग्नुपर्ने र समाजबाट बहिस्कृत हुनपर्ने बाध्यकारी अवस्था छ । तर ठाउँ-ठाउँमा यसकाे विराेध हुँदै आएको पनि छ। 

यसैक्रममा नेपाली राजनीति र साहित्यका स्वनामधन्य व्यक्तित्व विश्वेश्वरप्रसाद काेइरालाले आफ्ना बाबुकाे किरिया कर्म कर्मकाण्डीय शैलीमा गरेनन् र उनलेे धर्मकाे पाखण्डी चरित्रमाथि प्रहार गरे । यसलाई निरन्तरता दिदै नेपाली कम्युनिस्ट आन्दोलनका शीर्षस्थ व्यक्तित्व माेहनविक्रम सिंहले पनि बाबुआमा दुवैको किरिया गरेनन्।

नयाँ परम्परालाई अघि बढाउँदा धर्मका ठेकेदार पण्डित, पुराेहित र पाखण्डीहरूलाई गहिरो आघात पुगेकाले विराेध भइरहेकाे छ । तर, याे पुरातनवादी चिन्तनकै उपज हाे भन्नेमा दुईमत छैन ।

याे क्रम अहिले बढ्दैछ र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो छाेरा र श्रीमती दुवैको किरिया कर्म गरेनन्। यस्ता अनेकौं उदाहरण छन् र भर्खरै केही समयदेखि सुर्खेतमा पनि बाहुन नराखी श्रद्धाञ्जली समाराेहका रुपमा शाेक मनाउने अभियान बढ्दैछ । झन्डै दुई दशक अघि वीरेन्द्रनगर -४, सुर्खेतका लाेकप्रसाद पन्त र लीलाधर गाैतमले पनि आमाकाे किरिया नगरी श्रद्धाञ्जली समारोहका रुपमा शाेक मनाउने परम्परालाई अगाडि बढाएकाे पाइन्छ ।

अहिले पनि निर्मल मानवका सबै परिवार मिलेर बाहुनकाे पुरेहित्याइकाे लुट खसाेटलाई विराेध गर्दै आफ्नी आमाकाे किरिया कर्म परम्परागत भन्दा भिन्दै शैलीमा, सामान्य पहिरन र विना पूजाआजा वा पण्डित नराखेरै नित्य शाेकका काम गरिरहेका छन्।

अहिले भर्खरै पनि निर्मल मानवका सबै परिवार मिलेर बाहुनकाे पुरेहित्याइकाे लुट खसाेटलाई विराेध गर्दै आफ्नी आमाकाे किरिया कर्म परम्परागत भन्दा भिन्दै शैलीमा, सामान्य पहिरन र विना पूजाआजा वा पण्डित नराखेरै नित्य शाेकका काम गरिरहेका छन्। उनीहरूले धार्मिक परम्परालाई झण्डै दुई वर्षअघि आफ्ना बाबुकाे मृत्युको बेला पनि तिरस्कार गरे र अहिले आमाकाे मृत्युमा पनि त्यहीँ नयाँ परम्परालाई अगाडि बढाइरहेका छन् । यसबाट धर्मका ठेकेदार पण्डित, पुराेहित र पाखण्डीहरूलाई गहिरो आघात पुगेकाले विराेध पनि भइरहेको छ। यस्तो विराेध हुनु पुरातनवादी एवं यथास्थितिवादी चिन्तनकै उपज हाे भन्ने कुरामा दुईमत छैन।

यसरी समाजमा व्याप्त धार्मिक अन्धविश्वासलाई विराेध गर्नेहरू ब्रुनाेले जस्ताे मृत्युवरण गर्नु नपरे पनि समाजबाट अझैसम्म पनि वहिष्कृत हुनुपर्ने स्थिति अवशेषका रुपमा छँदैछ तर त्यसकाे निर्ममतापूर्वक विराेध गर्दै यस्ता अनेकौं अभियानहरूलाई जाेड्दै निरन्तरता दिनु वैज्ञानिक दृष्टिकोणले अपरिहार्यसमेत छ। यस्ताे अभियान ब्रुनाेकाे शहादतप्रतिकाे सम्मान हाे र धार्मिक अन्धविश्वासमाथिकाे हमला पनि हाे भन्ने मलाई लागिरहेको छ।

Logo