आरआरआरको सिक्वेल तयारी सुरु

आरआरआरको सिक्वेल तयारी सुरु


घरेलु बक्सअफिसमा २ सय ७४ दशमलब ३१ करोड रुपैंयाँ कमाई गरेको एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले भारतमा मात्र होइन, विश्वभरी नै धुम मच्चायो । रामचरण र जूनियर एनटीआर स्टारर फिल्म यति लोकप्रिय भयो कि दर्शकले यसको सिक्वेलको माग नै गरे ।

ग्लोबलस्तरमा कैयौं प्रतिष्ठित अवार्ड शोको मनोनयनमा परेको फिल्मको सिक्वेलबारे अब निर्माण पक्षले तयारी सुरु गरेको छ । यसको पुष्टि स्वयं फिल्मका निर्देशक एसएस राजामौलीले गरेका छन् ।

‘जब हामी यो बनाइरहेका थियौं, त्यो बेला हामीलाई सिक्वेलको बारेमा कुनै आइडिया नै थिएन । यसको सुरुवाती सफलताका साथ हामीले थोरै चर्चा गर्यौ र केही राम्रा विचार राख्यौं । तर हामीलाई सिक्वेलको कुनै आइडिया नै आएन । तर, अन्तर्राष्ट्रिय सफलतापछि हामीले पुनः त्यो विचार अगाडि ल्यायौं । मेरो साख्खे भाई एमएम कीरावनी (जो मेरो कोर टिमको हिस्सा छ) ले सिक्वेलको कुरा गरेपछि हामीलाई एउटा राम्रो आइडिया आएको छ । हामीले यसमा काम सुरु गरिसकेका छौं’, उनले भनेका छन् ।

एसएसका पिता विजयेन्द्र प्रसादले ‘आरआरआर’को सिक्वेलका लागि स्क्रिप्टको काम गरिरहेका छन् । एसएसका अनुसार विजयेन्द्र निकै गम्भीरताका साथ ‘आरआरआर’को सिक्वेलका लागि काम गरिरहेका छन् । ‘तर स्क्रिप्ट फाइनल भइसकेपछि स्क्रिप्ट हेरेर कस्तो भयो र त्यसलाई कसरी पर्दामा ल्याउन सकिन्छ भन्ने विषयमा सल्लाह गर्छौ’, उनले भनेका छन् ।

Logo