देबेन्द्रबहादुर शाह पुस महिनाको सर्वाेकृष्ट प्रहरी

देबेन्द्रबहादुर शाह पुस महिनाको सर्वाेकृष्ट प्रहरी

केन्द्रबिन्दु
0
Shares

हेटौँडा ।

बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुमध्ये पुष महिनाको सर्वाेकृष्ट प्रहरीमा सिन्धुपाल्चोकको बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाह छनोट भएका छन् ।

विभिन्न मितिमा घटना घटाई फरार रहेका १६ जना अभियुक्तलाई पुस महिनामा पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको तथा ईलाका प्रहरी कार्यालय बाह्रबिसेको कार्यालय माथिबाट आएको पहिलो स्थानीय निकाय र स्थानीय व्यक्तिहरुको समन्वय र सहकार्यमा हटाई प्रभावित क्षेत्रमा रिटेन्सनवाल र कार्यालय कम्पाउण्डमा मेशिनरीवाल निर्माणमा पुर्याएको योगदानको कदर गर्दै छनोट गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई बागमती प्रदेश प्रहरी प्रमुख मीरा चौधरीले नगद हस्तान्तरण गरेर सम्मान गरेकी थिइन्् । उनीसहित अन्य १३ जनालाई आ–आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरीका रुपमा घोषणा गरिएको छ ।

 

Logo