२० मंसिर २०७८ सोमबार

0 Shares

सस्तो सामानको आसमा पोखराका उपभोक्ता ठगिए, करोडौं रकम लिएर भारतीय व्यापारी फरार

केन्द्रबिन्दु संवाददाता । पोखरा, ३ पुस ।

पोखरामा पसल संचालन गरेर बसेका एक भारतीय व्यापारी करोडौं ठगेर भागेका छन् । सस्तो सामान बेचिरहेका उक्त व्यापारी पोखराका अधिकांश उपभोक्ताको करोडौं रकम लिएर भागेका हुन् । सस्तो सामान बेच्ने आश्वासन दिएर उपभोेक्त संग अग्रिम रकम असुलेका भारतीय व्यापारी शुक्रबार देखि सम्पर्कविहीन भएका छन् ।

उक्त व्यापारी केही समयअघि स्थानीय उपभोक्ताको विश्वास जित्न इलेक्ट्रिक, फर्निचरलगायतका सामानहरु बजार मूल्यभन्दा करिब ३५ प्रतिशत सस्तो बिक्री गर्दै आएका थिए । पोखराको सृजनाचोकस्थित अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरेका भारतीय नागरिक राजेन्द्र थेङवेलले सयौं स्थानीय उपभोक्तासँग रकम संकलन गरी सम्पर्कविहीन भएपछि उपभोक्ता ठगिएका हुन् ।

पोखराका अधिकांश स्थानीय उपभोक्ता सस्तो सामान पाइने लोभले लाखौं रकम बुझाएर सामान अर्डर गरेका थिए । स्थानीय एक उपभोक्ताले भने, ‘हामीलाई पुस ३ गते (आज) सामान लिन व्यपारीले बोलाएका थिए । तर पसलमा पुग्दा त्यहाँ ताला लगाइएको थियो ।’

अग्रिम रकम बुझाउनेलाई प्यान नम्बर र मोबाइल नम्बरसहित बिल दिए पनि उक्त प्यान बिलमा भने अर्कैको नाम देखिन्छ भने ट्रेडर्सका सम्बन्धित व्यक्तिको मोबाइल स्विच अफ गरिएको छ ।

व्यापारी भागेपछि उपभोक्ताहरु बिहानैदेखि पसल घेरेर बसेका छन् । केही दिन पहिले ठगी गरेको उजुरी गरेपछि प्रहरीले ती व्यापारीलाई पक्राउ गरेको थियो । प्रक्रिया अनुसार नै पसल सञ्चालन गरेको भन्दै केही दिनपछि उनी थुनामुक्त भएका थिए ।

उपभोक्ता र अन्य व्यवसायीले ठगी गरेको र गैरकानुनी हिसाबमा व्यवसाय चलाएको आरोप लगाउँदै कर कार्यालयमा समेत उजुरी हालेका थिए । तर अहिलेसम्म कुनै कानुनी कदम नचालेपछि व्यापारी भागेका हुन् ।

प्रकाशित: ३ पुष २०७४ १८:१४ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी