ट्रम्पलाई महाअभियोग लगाउने बारे छलफल

ट्रम्पलाई महाअभियोग लगाउने बारे छलफल


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गत बुधबार संसद भवनमा हिंसात्मक हमला गरेपछि उनलाई कारबाही माग उठेर डेमोक्रेट सांसदहरुले छलफल सुरु गरेका छन् ।

उनलाई पदबाट हटाउने विषयमा डेमोक्रेट सांसदहरुले छलफल सुरु गरेका हुन् । उक्त हमलामा केही मानिसको मृत्यु पनि भएको छ । सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई पदबाट हटाउने विषयमा डेमाक्रेट नेताहरु आफ्नो निरन्तर सम्पर्कमा रहेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘ट्रम्पको राजद्रोहको कदमका कारण संसद उनीविरुद्ध महाअभियोग लगाउन बाध्य हुन सक्नेछ ।’ राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले आफू ह्वाइटहाउसबाट बाहिरिएपछि आफू र आफ्ना परिवारविरुद्ध अनुसन्धान सुरु गर्ने सम्भावना बढेपछि ट्रम्पले चिन्ता व्यक्त गरेका छन् ।

ट्रम्पले आफूले आफैंलाई क्षमादान दिने अधिकार भए नभएकोबारे कानुनी राय मागेको बताइएको छ। उपराष्ट्रपति माइक पेन्सले २५ औं संसोधनका आधारमा ट्रम्पलाई पदमुक्त नगरे अर्को महाअभियोग लगाउने सभामुख पेलोसीले चेतावनी दिएकी छिन्।

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफू ह्वाइटहाउसबाट बाहिरिएपछि आफू र आफ्ना परिवारविरुद्ध अनुसन्धान सुरु गर्ने सम्भावना बढेपछि ट्रम्पले चिन्ता व्यक्त गरेको बताइएको छ।

Logo