यतिबेला सामाजिक सञ्जालमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मदिरा पार्टीको भिडियो भाइरल भइरहेका छन् । कार्यकक्षमै ‘मदिरा पार्टी’ गरेको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री गुरुङको सचिवालयले विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको छ ।
निजी सचिवालयका डिल्लीराम सिग्देलले जारी गरेको प्रेस विज्ञप्तिमा मुख्यमन्त्री गुरुङको जन्मदिनमा पारिवारिक जमघट भएको उल्लेख छ । ‘फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन माननीय मुख्यमन्त्रीज्यूको जन्मदिन समेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो ।’ विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण भएको उल्लेख गर्दै गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरीत कार्य नभएको र अतिरञ्जित गर्न खोजिए जस्तो त्यस्तो नियत पनि नरहेको स्पष्ट पारेको छ ।






























प्रतिक्रिया